दुई ठूला दलले सत्ताको लागि संविधान संशोधनको कथा बनाए : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताउनुभएकाे छ ।
सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन ,अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको ऐण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘संविधान संशोधनको कुरालाई ख्याल गर्दा,चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन् । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो ।’
राजनीतिक दलका शक्तिशालि नेताहरुले नै समानुपातिकता या संघियता मन नपारउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘संविधान र संघियता जसरी पनि कार्यान्वयन गर्ने या समावेशि समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन् यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । प्रधानमन्त्री भएर पनि के ले रोक्यो भनेर प्रश्न पनि आयो , प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो । अलिअलि गर्दा त सुख पाइएन यो भन्दा बढि गर्नुपरेको भए ,१८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपथ्र्याे । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघियता मन पराउनुहुन्न ।त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठूलो चूनौती छ ।’
उहाँले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको बताउनुभयाे ।
१५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गर्नुभयाे ।
त्यस्कै उत्तरमा प्रचण्डले भन्नुभयाे, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि कांग्रेस,एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले प्रचण्डलाई महत्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईंलाई छ ।’

