तपस्वी रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
सर्लाही जिल्ला अदालतले तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सजाय पछि निर्धारण गर्ने गरी बम्जनलाई दोषी ठहर गरेको हो ।

बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो । उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो ।
प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए । बम्जनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
सर्लाही जिल्ला अदालतमा पेस गरिएपछि अदालतले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । सर्लाहीको मुद्दाको फैसला भएसँगै बम्जनलाई पुनः सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ । ती जिल्लामा समेत बम्जनविरूद्ध मुद्दा परेका छन् ।

