नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे ।

यसअघि धितोपत्र बोर्डको अध्यक्षका लागि सिफारिस गर्न गठित समितिले आइतबार श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई सिफारिस गरेको थियो । योसँगै अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ ।

लामाे समयदेखि बाेर्डकाे अध्यक्ष रिक्त हुँदा सार्वजनिक शेयर निष्कासन सम्बन्धि निर्णय हुन सकेकाे थिएन ।

Facebook Comments