आज क्रिसमस डे मनाइदैँ
काठमाडौं । आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का दिन यो सम्प्रदायले क्रिसमस डे मनाउदैँ आउने गरेका छन् ।
आज इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन मनाउन लागिएकाे हाे ।
विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ ।
समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।
इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।
नेपालमा पनि इसाई धर्मका अनुयायीहरूले सामुहिक जमघट गरी हर्षाेल्लासका साथ क्रिसमस मनाउँदैछन् ।

