आहा ! रारा पोखरा गोल्डकप: नेपाल पुलिस क्लव क्वाटरफाइनलमा
विभागीय नेपाल पुलिस क्लव पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हाे ।

पुलिसलाई अन्तिम आठमा स्थान पक्का गर्नका लागि दुवै गोल मानबहादुर परियारले गरेका हुन् । पुलिसले आगामी १६ गते हुने क्वाटरफाइनलमा चर्च व्याइज युनाइटेड क्लबको सामना गर्नेछ ।
यसअघिका प्रि-क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब, जाउलाखेल क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनलमा थ्रीस्टार र भुटानको पारो फुटवल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comments

