माओवादी केन्द्रले काठमाडाैंमा खबरदारीसभा गर्दै
ने.क.पा माओवादी केन्द्रले काठमाडाैंमा खबरदारीसभा गर्दैछ । काठमाडौंकाे भृकुटीमण्डमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेकाे हाे ।
विपत् व्यवस्थापनमा सरकारले गैरजिम्मेबार बनेकाले विराेध प्रदर्शन गर्न लागिएकाे माओवादी केन्द्रले जनाएको छ ।
सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकाेटाले जानकारी दिनुभयाे ।
बाढी पहिराे तथा दुर्घटना लगायतकाे विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनता देखा परेकाे साे पार्टीकाे दाबी छ ।
वर्तमान सरकारले भ्रष्टाचारलाई प्रशय दिएकाले साेकाे विराेधमा खबरदारीसभा गरिएको जनाएको छ । भृकुटीमण्डपमा आयोजना हुने सभाअघि बिहान ११ बजे काठमाडौं मलबाट जुलुस निकाल्ने तयारी छ ।
Facebook Comments

