इजरायलद्वारा इरानमाथि क्षेप्यास्त्र आक्रमण
इजरायलले इरानमाथि क्षेप्यास्त्र प्रहार गरेकाे छ ।
इजराइलले शनिबार बिहानै इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको हाे ।
इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा परिचालित गरिएको छ । राजधानी तेहरान, सैन्य आधार तथा मिसाइल उत्पादन केन्द्र रहेको इस्फाहान र हवाई क्षेत्र रहेको मशहदमा विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो आक्रमण लगभग २६ दिनअघि इरानले इजरायलका शहरहरूमा १८१ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इजरायलले प्रतिशोधस्वरूप गरेको हो । प्रारम्भिक आक्रमणपछि एक घण्टामा दोस्रो लहरको क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ । जसमा मध्य सहर शिराजमा विस्फोट भएको बताइएको छ ।
यस आक्रमणले मध्यपूर्वको तनाव सम्पूर्ण युद्धमा बदलिने आशंका पनि बढाएको छ ।

