सिरियामा पूर्व राष्ट्रपति बसर समर्थकले थापेकाे एम्बुसमा १४ जनाकाे मृत्यु

सिरियामा गठन भएकाे नयाँ सरकारका आन्तरिक मामला मन्त्रालयका अधिकारीहरू एक एम्बुसमा पर्दा १४ जना मृत्यु भएकाे र १० जना घाइते भएकाे त्यहाँकाे सरकारले जनाएकाे छ ।

सरकारी अधिकारीहरूका अनुसार रूस पलायन भएका पूर्व राष्ट्रपति बसर अल असद समर्थक सेनाद्वारा देशको पश्चिमी क्षेत्रमा रहेको टार्टौसको नजिकै एम्बुस आक्रमण गरेकाे बताइएकाे छ ।

असद समर्थक एक उच्च अधिकारीलाई पक्राउ गर्न जाने क्रममा साे घटना भएकाे बताइएकाे छ ।

गृहनगर दमास्कसको नजिकैको कुख्यात सैयदनाया कारागारमा उनको भूमिकासँग सम्बन्धित आरोपमा पक्राउ गर्न जाँदा उनीहरूलाई आक्रमण गरिएको हो।

सिरियामा हाल इस्लामिक समूह हयात तहरीर अल-शाम (HTS) काे नियन्त्रणमा अन्तरिम सरकार सञ्चालन भइरहेकाे छ ।

ब्रिटेनको आधारित सिरियाली पर्यवेक्षक समूह, सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स (SOHR) का अनुसार, यस संघर्षमा तीन विद्रोही पनि मारिएकाे उल्लेख छ ।

Facebook Comments