रास्वपाले आन्दोलन जारी राख्ने, अर्यालकाे नेतृत्वमा समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने भएकाे छ । केन्द्रीय समिति शनिबार बसेकाे बैठकले सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको निष्कर्ष समेत निकालेकाे छ ।

पार्टीले आन्दोलन जारी राख्नका लागि उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने केन्द्रीय समिति गठन गरेकाे छ ।

पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशाेधका कारण अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकाे ठहर गर्दै आन्दोलन जारी राख्ने निर्णय गरिएकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने प्रवक्ता झाकाे भनाइ छ ।

त्यस्तै उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा संवाद समिति निर्माण गरेको छ । शनिबार बसेको सो पार्टी केन्द्रीय समिति बैठकले संवाद समिति बनाउने निर्णय गरेको हो ।

आन्दोलन सञ्चालन गर्न गठित समितिमा पार्टी उपसभापति डोल प्रसाद अर्याल संयाेजक र ७ प्रदेश सभापति रहेका छन ।

त्यस्तै सातै प्रदेशमा आन्दोलन सञ्चालन गर्ने साे पार्टीकाे तयारी छ ।

Facebook Comments