एनआरएन ग्लोबल कन्क्लेभको आज, विवाद भने यथावत

गैर आवसीय नेपाली संघ(एनआरएनए)ले एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभा आजबाट शुरु हुँदैछ ।

कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने जनाइएको छ ।

होटल सोल्टीमा भोलीसम्म चल्ने कार्यक्रमको मूल नारा ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ तय गरिएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिन बताइएको छ ।
साधारणसभा आयोजकले विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी दिएको छ।

यसैवीच एनआरएनमा असन्टुष्ट खेमाले भने कार्यक्रमको विरोध गर्दै सहभागी नहुने जनाएको छ ।

विवाद समाधान नहुँदै एक पक्षले प्रधानमन्त्रीलाई सहभागी गराई कार्यक्रम गर्न लागेपछि गतसाधरणसभामा अध्यक्ष पदका प्रत्यासी आरके शर्मा पक्षले व्यापक विरोध जनाएको हो ।

सो पक्षले साधारण सभा लगायतका कार्यक्रम बहिस्कार गर्न सार्वजनिक अपिल गरेको छ ।

सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी सो पक्षको छ ।

असन्तुष्ट खेमाका शर्मा लगायतले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।

Facebook Comments