आयल निगमको भलबारी डीपो स्थानान्तरणको तयारी, तीन अर्ब २० करोडमा अत्याधुनिक डीपो बन्ने

भैरहवा । नेपाल आयल निगमले भैरहवास्थित भलबारी प्रादेशिक कार्यालयको डीपो स्थानान्तरणका लागि काठमाडौ विश्वविद्यालयसँग डीपीआर सम्झौता गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको डीपोको निर्माणका लागि डीपीआर भने ६ महिनाभित्र तयार हुनेछ ।

डीपीआर निर्माणका लागि बुधवार काठमाडौ विश्वविद्यालयको इन्जिनियरिङ विभागसँग निगमले भैरहवाको निर्माणाधीन आयोजना स्थलमा डीपीआर सम्झौता गरेको हो।

डीपीआरको लागत १ करोड ९५ लाख ७६ हजार ५७८ रुपैयाँ छ। नयाँ बन्ने डीपो १४ बिगाहा र अन्य गरि २१ बिगाहा क्षेत्रफलमा रहनेछ। रुपन्देहीस्थित रोहिणी गाउँपालिका र सत्या गाउँपालिकाको सिमानामा पर्ने रोहिणी खोला किनारमा डीपो बन्ने छ ।

तीन अर्ब २० करोड लागतमा बन्ने नयाँ डीपो अत्याधुनिक तथा सुविधा सम्पन्न हुने बताइएको छ ।  ‘डीपीआरका लागि ६ महिनाको समय निर्धारण गरिएको छ।

Facebook Comments