स्थानीय तह उपनिर्वाचनः कीर्तिपुरमा डा.शिवशरणको जित शुनिश्चित भएकाे बुद्धिजीवीकाे दावी
नागरिक अगुवा श्याम श्रेष्ठसहिति कीर्तिपुरका बुद्धिजीवीहरूले डा.शिवशरणको जित लगभग पक्का भएको दाबी गरेका छन् ।
बुधबार साँझ नेपाल बुद्धिजीवी संगठन कीर्तिपुर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनिहरुले कीर्तिपुरे जनताले पार्टी विशेषको भन्दापनि शिवशरणको व्यक्तित्वलाई भोट हाल्ने अवस्था बनेको बताएका छन् ।
नेकपा(माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाल प्रा.डा.शिवशरण महर्जनको जित सुनिश्चितताको दिशामा बढ्दै जाँदा कीर्तिपुरलाई राष्ट्रिय मात्रै नभएर अन्तराष्ट्रिय नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
सापकोटाले आफूहरुले जित्ने वातावरण प्रबल बन्दै गएको र आफूहरुले जितेपछि नगरको मुहार फेर्ने योजनासमेत बनाइसकेको दबी गर्नुभयाे ।
माओवादी प्रवक्तासमेत रहेका सापकोटाले जितको लागि बलियो आधार बनेको भएपनि थप मेहनत गर्न नेता कार्यकर्तासँग अनुराेध गर्नुभयाे । पार्टीमा एकता, प्रतिपक्षमा रहेका लगभग सबै दलको समर्थन, स्वतन्त्र र कीर्तिपुरका बुद्धिजीवी सबै डा.महर्जनको उच्च व्यक्तित्वको पक्षमा हुँदाहुँदै पनि सतर्क भने बन्नुपर्ने बताउँदै सापकाेटाले भन्नुभयाे, ‘हमीले भनेकाछौं शिव सर नैतिकवान, आदर्श र निष्कलंक हुनुहुन्छ, उहाँको सरलताभित्र महानता छ, तर त्यसलाई पुष्टि गर्न अनि विरोधीका कुतर्क काट्न उहँालाई जिताएर पुष्टि गर्नुछ ।’
नागरिक अगुवा स्याम श्रेष्ठले कीर्तिपुरको अनियमितता, भ्रष्टाचार र कुशासनको अन्त्य तथा नगरको मुहार फेर्न डा. शिवशरण महर्जनले कुनै पनि हालतमा जिताउनु पर्ने बताउनुभयाे ।
श्रेष्ठले पार्टीमा लागेका मान्छे मात्रै नभएर पार्टी बाहिरका मान्छे पनि डा.महर्जनलाई जिताउन लागिपरेको बताउनुभयाे ।
म माओवादी बाहिरको भए पनि उहाँको नैतिक, आदर्श र उच्च सामाजिक व्यक्तित्वका कारण म र यहाँका उच्च व्यक्तित्वहरु यो अवसर नगुमाउन खटिरहेका छौं । श्रेष्ठले कीर्तिपुरको शिक्षा, स्वास्थ्य, खानेपानी, सहकारीलगायत हरेक सामाजिक कार्यलाई निपूर्णरुपले अगुवाई गरेर शिवशरण महर्जनले उच्च छवि बनाएको उल्लेख गर्नुभयाे ।
प्र.डा.चन्द्रमान बज्राचार्यले डा.महर्जनको जित शुनिश्चित रहेको बताउँनुभयाे । ‘कीर्तिपुरमा भिजनसहितको यतिको उम्मेदवार पाउँदा नगरवासी खुसी हुने कुरा भईहाल्यो, त्यसमाथि नगर तथा राष्ट्रिय राजनीति पनि उत्तिकै अनुकुल हुँदा म त जित्नेमा ढुक्क छुँ ।’ बज्राचार्यले भन्नुभयाे ।
प्राडा बेदराज ज्ञवालीले कीर्तिपुरले डा.महर्जन जस्तो अनुभबी, निष्कलंक, आर्दश र बौद्धिक व्यक्ति उम्मेदवारकारुपमा पाउनु र देशको राजनैतिक अवस्था पनि जिताउन अनुकुल भएकोले जितको शुनिश्चितता भएको बताउनुभयाे ।
प्राध्यापक शुभद्रा श्रेष्ठ प्रधानले कीर्तिपुरका जनताले कुनै पार्टी विशेष भन्दा पनि डा.महर्जनको नाम र उच्च छविको कारण भोट हल्ने र जिताउने अवस्था रहेको बताउनुभयाे ।
उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले आफूलाई जिताउन पार्टीका उच्च तहका नेतादेखि कार्याकर्तासम्म दिनरात खटिरहेको, कीर्तिपुरका बौद्धिक,समाजसेवीले प्रत्यक्ष साथ दिइरहेको, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले खुलेरै सघाईरहेको तथा रास्वपा लगायतले पनि समर्थन गरेकोमा खुसि व्यक्त गर्नुभयाे ।
बुद्धिजीवीसँगको सात्क्षात्कार कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव हितमान साक्य, स्थायी समिति सदस्य शशी श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज सूर्य सुवेदी‘पथिक’, नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष कृष्णराज केसी, केन्द्रीय महासचिव लक्ष्मिप्रसाद पण्डित, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय पदाधीकारी तथा सदस्यहरु, प्राज्ञीक तथा बौद्धिक व्यक्तित्वहरु सहभागी कार्यक्रमको अध्यक्षता नेपाल बुद्धिजीवी संगठनका कीर्तिपुर नगर समितिका अध्यक्ष प्रकाश महर्जनले गरेका थिए भने सञ्चालन सचिव सालिकराम डंगोलले गरेका थिए ।

