नेपाल नागरिक उड्यन प्राधिकरणले सरकारकाे निर्देशन टेरेनः सञ्चारमन्त्री गुरूङ
पाेखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले दिएको निर्देशन नेपाल नागरिक उड्यन प्राधिकरणले नटेरेकाे बताउनुभएकाे छ ।
सरकारकाे निर्देशन अनुसार प्राधिकरणाले काम नगरेकाले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको कार्ययोजना बन्न नसकेकाे मन्त्री गुरूङकाे भनाइ छ ।
रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरेको सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरूङले यस्ताे बताउनुभएकाे हाे ।
सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको कार्ययोजना र कार्यविधि बनाउन निर्देशन दिए पनि प्राधिकरणले अहिलेसम्म कुनै याेजना नबनाएकाे उहाँकाे भनाइ छ ।
‘नेपाल नागरिक उड्यन प्राधिकरणले आफू मातहतको अन्तर्राष्ट्रिय विमानस्थल कसरी चलाउने भनेर कार्यविधि बनाउन पर्छ कि पर्दैन? योजना बनाउन पर्छ कि पर्दैन,’ उनले भने, ‘सरकारले कार्ययोजना बनाउन निर्देशन दिइसक्यौं, अहिलेसम्म बनाएको देखिँदैन।’
पाेखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा अवसरमा सडकमा नै विभिन्न परिकार तथा सांस्कृतिक कार्यक्रम सहित महाेत्सव गरिन्छ ।

