माओवादी पहिलाे दल बने भ्रष्टाचारका सबै फाइल खोल्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पहिलो दल बनेमात्र भ्रष्टाचारकाे छानबिन गर्ने बताउनुभएकाे छ ।

माओवादीलाई पहिलाे दल बनाइए भ्रष्टाचारका फाइलहरू खाेल्ने प्रचण्डकाे भनाइ थियाे । ।

कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले माओवादी पहिलो पार्टी बने गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयाे ।

‘माओवादी एक नम्बरको पार्टी भए मात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । मलाई विश्वास छ भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ ।

भ्रष्टाचारीलाई यसै छोडिने छैन, ’उहाँले भन्नुभयाे, ‘गिरिबन्दु, यति ओन्नीमा, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन ।’

उहाँले माओवादी बलियो भएको दिन देशमा सुशासनको युग सुरु हुनेसमेत जिकिर गर्नुभयाे । ‘यो सबैका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्कोपटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ ।’

पूर्वप्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरेको बताउँदै मिटर ब्याजको नाममा जनतालाई शोषण गर्ने मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याएको स्मरण गर्नुभयाे ।

फरक प्रसंगमा उनले चीनसँग खुलेको नाकाले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयाे । सुदूरपश्चिममा भौतिक पूर्वाधारको क्षेत्रसँगै अन्य प्रगतिका निम्ति पनि कोसिस गरेको बताउँदै उहाँले कैलाली, कञ्चनपुरलगायतका क्षेत्रमा नदी नियन्त्रणसँग सम्बन्धित कामलाई दृढतापूर्वकअगाडि बढाउन पहल गर्ने धारणा राख्नुभयाे ।

राज्यसत्ताबाट विभेद् र अपमानमा परेको सेती महाकालीलाई न्याय दिने उद्देश्यले नै माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासका समस्या समाधानमा दृढतापूर्वक लागेको उहाँको भनाइ थियो ।

Facebook Comments