मिडिया व्यवसायी सिरोहिया हाजिरी जमानतमा रिहा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा हुनुभएकाे छ । नागरिकता सम्बन्धि मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिराेहियालाई धनुषा जिल्ला अदालतकाे अनुमतिमा पक्राउ गरेकाे थियाे ।

अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।

सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो ।

नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो ।

स्वास्थ्यमा समस्या भएपछि सिराेहियालाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो । 

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

रिहा भएपछि सिरोहियाले आफ्नो नागरिकताबारे दुष्प्रचार गर्ने  व्यक्ति र समूहविरुद्ध कानुनी उपचार खोज्ने बताउनुभएकाे छ ।

Facebook Comments