सिरानचाेक गाउँपालिकाकाे केन्द्र चित्रेपाेखरीमा रहने

गाेरखा जिल्लाकाे सिरानचोक गाउँपालिकाको केन्द्र सम्बन्धी मुद्दा टुंगिएको छ । केन्द्र निर्धारणको विषयलाई लिएर सर्वोच्व अदालतमा परेको मुद्दामा सर्वाेच्चले रिट खारेज गरिदएकाे हाे ।

आइतबार अदालतले केन्द्र स्थानान्तरणको विषयमा परेको रिट खारेज गरेसँगै यसअघि चित्रेपाेखरीमा गाउँपालिका केन्द्र राख्ने गाउँपालिकाकाे निर्णय कार्यान्वयनका लागि बाटाे खुलेकाे छ ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गाउँपालिकाकाे केन्द्र सम्बन्धी अदालतमा परेकाे रिट खारेज भएकाे र केही दिनमा पूर्णपाठ पनि आएपछि विस्तृत थाहा हुने बताउनुभएकाे छ ।

प्रक्रिया पुरा नगरी बहुमतको आडमा केन्द्र सारेको भन्दै चुडामणी पोखरेल लगायत ९ जनाले केन्द्र परिवर्तनको निर्णय खारेज हुनु पर्ने माग गर्दै सर्वोच्व अदालतमा रिट दर्ता गरेका थिए ।

२०७७ साउन १ गते बसेको गाउँसभाकाे बहुमतकाे निर्णयले वडा नं. ५ को चित्रेपोखरी राख्ने निर्णय गरेकोे थियो ।

Facebook Comments