माैसमः काेशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षाकाे संभावना

एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

महाशाखले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ।

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍ थोरै स्थानहरूमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

Facebook Comments