बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयोरौतहट ।

बेवारिसे अवस्थामा भेटिएको स्कारपियो भन्सारमा बुझाइयोरौतहट । रौतहट प्रहरीले बेवारिसे अवस्थामा स्कारपियो गाडी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले दुर्गा भगवती गाउँपालिक वडा नम्बर ३ मत्सरीको सडकबाट गाडी बरामद गरेको हो । उक्त गाडी चोरीपैठारी गरेर उक्त क्षेत्रमा चलाएको सूचनाका आधारमा पुगेको टालीले भारतीय न ०१ पि ल ९३८७ को महिन्द्रा कम्पनीको सेतो रङ्गको स्कारपियो गाडी बेवारिसे अवस्थामा बरामद गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिनुभयाे ।

उहाँका अनुसार केहीसँग सोधपुछ गर्दा र हक दाबी गर्न कोही नआएकोले गौर भन्सार कार्यालयमा दाखिला गरिएको हाे । बरामद गरिएको उक्त गाडीको तीस लाख मुल्यांकन गरि भन्सारमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments