माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक सुरु भएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे छ ।
‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुनेछ । बैठक भाेली पुनः बस्नेछ ।
प्रतिवेदनमा नेकपा माओवादी केन्द्रले पार्टीमा निष्क्रिय रहेका केन्द्रीय सदस्यहरूलाई हटाउने, पार्टी नेता कार्यकर्ताकाे आय आर्जनकाे स्राेत, सम्पत्ति विवरण, राजनीतिक रूपमा निकट पार्टीहरूसँगकाे एकता गर्ने लगायतका प्रस्ताव समेटिएकाे छ ।
Facebook Comments

