कुलिङ पिरियडको गडबडीमा संसदीय समिति सभापति खतिवडा नै जिम्मेवार
कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिले दाेषी किटान नगरी राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नै साे गडबढीका लागि नैतिक जिम्मेवार रहेकाे निष्कर्ष निकालेकाे छ ।
मंगलबार विहान ४ बजे समितिमा भएकाे सहमति अनुसार सहितकाे प्रतिवेदन तयार पारेकाे छ ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ २ मा संघीय निजामती सेवा विधेयक पास भएको थियो । समितिबाट पास भएपछि असार १ गते विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भइ पास भएकाे थियाे ।
प्रतिनिधिसभाबाट पास भएकाे विधेयकमा कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा पाइएपछि प्रतिनिधि सभाले सात सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको थियो ।
हाल साे विधेयक राष्ट्रियसभामा रहेकाे छ भने सत्तारूढ दलका सांसदहरूले नै कुलिङ पिरियड नराख्ने खालका संशाेधन प्रस्ताव राखेका छन् ।

