एमालेले २०८४ मा एकल बहुमत ल्याउछः प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएकाे छ ।

शुक्रबारदेखि ललितपुरकाे गाेदावरीमा सुरू भएकाे दाेस्राे विधान महाधिवेशनकाे उद्घाटनसत्रमा सम्बाेधन गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हेा ।
सिंगो पार्टी पंक्तिलाई परिचालन गरेर अघि बढियो भने एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने प्रधानमन्त्री ओलीकाे जिकीर थियाे ।

सरकारकाे नेतृत्वमा रहेकाले अव हुने निर्वाचनमा धाँधल हुन नदिने प्रधानमन्त्री ओलीकाे भनाई छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकाे सदस्यताका सम्बन्धमा विधान महाधिवेशनकाे बिषय नभएकाले अन्य निकायमा छलफल हुने उहाँले उल्लेख गर्नुभयाे ।
Facebook Comments

