नेपाली कम्युनिष्ट पार्टी घाेषणा आज
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबिच एकताका साथ नेपाली कम्युनिष्ट पार्टी घाेषणा हुँदै छ ।

आज काठमाडाैंकाे भृकुटीमण्डमा एकता घोषणा सहित नेपाली कम्युनिष्ट पार्टीकाे घाेषणा गर्न लागिएकाे हाे ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा आज दिउँसाे १ बजे एकता घोषणा हुने बताउनुभयाे ।
पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गर्नुभएकाे छ । त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे बैठकमा एमालेका पूर्वउपाध्यक्ष डा भीम रावलसहित दुवै पार्टीमा असन्तुष्ट रहेका नेतालाई पनि एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको दाबी गर्नुभएकाे थियाे ।

