भाेजपुरमा एकै परिवारकाे चार जनाकाे हत्या, एक जना प्रहरी नियन्त्रणमा

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ । भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले सासु, ससुरा, श्रीमती र सालाे गरी चार जनाकाे हत्या गरेकाे भन्दै स्वयंले प्रहरीलाई खबर गरेकाे बताइएकाे छ ।

राई आफैँले गएराति सवा १ बजे प्रहरीलाई फाेन गरेर घटनाबारे जानकारी गराएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ । 

लगत्तै प्रहरी घटनास्थल पुग्दा ६८ वर्षीय बेल बहादुर गिरी, निजकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको शव फेला पारेकाे थियाे ।

पेटमा चाेट रहेका अभियुक्त राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाकाे अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएको छ । 

Facebook Comments