मधेश प्रदेशकाे मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

हाल मधेश प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य कायम छन् । जसमध्ये ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा यादवले दाबी पेस गरेका थिए । यादव नेतृत्वको सरकारलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण आइतबार मात्रै सपथ हुने भएकाे छ ।

Facebook Comments