सहकारी ठगी प्रकरणाः रविसँग ६५ लाख छविसँग ८८ लाख धराैटी माग

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धराैटीमा रिहा गर्न आदेश दिएको हो ।

त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

अदालतको आदेशसँगै धराैटी बुझाएमा लामिछाने लगायतले धराैटी रकम बुझाएपछि थुनामा नबसीकनै मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

Facebook Comments