माैसमः कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेकाे छ।

महाशाखाले आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जनाएकाेछ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको उल्लेख छ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ।

Facebook Comments