पाेखराका सबै विद्यालयहरूमा स्थानीय विदा

पोखरा महानगरपालिकाले मातहत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज ८ गते र भोलि ९ गते स्थानीय बिदा दिने निर्णय गरेकाे छ । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पूर्वसावधानी अपनाउँदै पछि अन्य सार्वजनिक बिदासँग समायोजन गर्ने गरी २ दिन विदा दिन लागिएकाे महानगरपालिकका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएकाे छ ।

साथै उहाँले यस अवधिमा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण महानगरवासीहरूलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन तथा सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध समेत गर्नुभएकाे छ ।

उहाँले सुरक्षा नै पहिलो प्राथमिकता हुने भएकाले सतर्क एवं सुरक्षित रहन अपिल समेत गर्नुभएकाे छ ।

Facebook Comments