भारत र पाकिस्तानवीच वार्ता
पछिल्लाे समय मिसाइल र गाेली हानाहानकाे अवस्था अन्त्य गर्न तयार भएका सैन्य शक्ति सम्पन्न दुइ देश भारत र पाकिस्तानवीच वार्ता हुँदैछ ।

चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ । साेमबार दिउँसाे १२ बजेका लागि वार्ताकाे समय ताेकिएकाे छ ।
अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलीबारी भएको थियो ।
भारत र पाकिस्तान बीचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, १० मे २०२५ अर्थात् २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बीचको संवादपछि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो ।
संघर्षविरामको घोषणापछि पनि सीमावर्ती क्षेत्रमा केही समयसम्म गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए । संघर्षविराम उल्लंघन गरेको आरोप दुवै पक्षले एकअर्कालाई लगाएका थिए । यद्यपि, आइतबार बिहानसम्म स्थिति केही शान्त भएको बताइएको छ ।
आज, सोमबार दुबै देशका सेनाका अधिकारीहरूबीच दिउँसो १२ बजे वार्ता हुने तय भएको छ, जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
अमेरिकाले दुइ देशवीचकाे तनाव कम गर्न प्रयास गरेकाे बताएकाे थियाे । तर वार्ता भने भारत र पाकिस्तानवीच प्रत्यक्ष हुने बताइएकाे छ ।

