माैसमः काेशी प्रदेशकाे एक-दुई स्थान हल्का वर्षाको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशकाे एक दुइ स्थानमा हल्का वर्षाकाे संभावना रहेकाे छ ।

त्यस्तै काेशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।

Facebook Comments