एमालेको सचिवालय बैठक बस्दै

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।

शुक्रबारदेखि नै बसेकाे बैठक शनिबार जारी रहने भनिएकाे बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो ।

आज बस्ने बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलन, पार्टी पुनर्गठन, संसद पुनःस्थापना लगायतका विषयमा सचिवालयका नेताहरूले धारणा राख्नेछन् ।

पार्टी अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे विषय प्रवेश गर्दै संसद पुनःस्थापनाको प्रस्ताव राखेपनि पार्टीका पदाधिकारी एवं सचिवालयका नेताहरूले भने निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

महासचिव शंकर पाेखरेल उपमहासचिव प्रदीप ज्ञवाली लगायतका केही नेता संसद पुनः स्थापनाकाे मुद्दा उठाउनुपर्ने पक्षमा देखिएका छन् ।

केन्द्रीय समिति बैठकका एजेण्डा तथा महाधिवशेनका सम्बन्धमा समेत छलफल हुने स्राेतले जनाएकाे छ ।

Facebook Comments