एमाले निकट अखिलकाे अध्यक्षमा सुजन कडरिया चयन
नेकपा एमाले निकट विद्यार्थी अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरियाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन भएकाे छ ।

बिहीबार विद्युतीय मेसिनबाट सम्पन्न भएको मतदानको अन्तिम मत परिणाम बिहीबार राति नै प्रकाशन गरिएको थियो ।
निर्वाचनबाट अध्यक्षमा सुजन कडरिया ७ मतान्तरले निर्वाचित हुनुभएकाे हाे । कडरियाले ७३२ मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ । खुला उपाध्यक्ष तर्फ विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ७ सय ८ र ७ सय ७५ मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा दिपक धामी ७ सय ८५ मत प्राप्त गर्दा उप महासचिवमा कमल ८ सय १६ मत प्राप्त गरे ।
त्यसैगरी, चार जना सचिव तर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ३ सय ६०, ३ सय ४, २ सय ७३ र २ सय ६८ मत पाएका थिए ।
त्यस्तै केन्द्रीय आयोग तर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन् ।
लेखा अयोग अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए ।
त्यस्तै, अयोग तर्फै नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।
जेष्ठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयमा जारी जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो ।

