राष्ट्रिय सभाअन्तर्गतका २ समितिका बैठक बस्दै

 संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रियसभा अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेकाे हाे । विधायन समितिकाे बिहान सवा ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 

बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल हुनेछ ।  

Facebook Comments