अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री माेदीवीच भेटवार्ता

अमेरिका भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ । 

वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलनमा सहकार्य बढाउने घाेषणा समेत गरिएकाे छ ।

सो अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गर्नुभयाे ।

त्यस्तै प्रधानमन्त्री मोदीले भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने विश्वास व्यक्त गर्नुभयाे ।

भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँने इन्डो-प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्ने उहाँकाे भनाइ थियाे ।

प्रधानमन्त्री मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको जिकिर गर्नुभयाे । 

Facebook Comments