पुष्प सदन एकेडेमी कास्कीको ३८ औं अभिभावक दिवस

पुष्प सदन एकेडेमी कास्की, पोखरा–१२ फुलबारीको ३८ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।

समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञानको खाँचो रहेको बताउनुभयाे ।

‘अव विद्यार्थीहरुलाई कक्षा कोठामा मात्रै सिमित गरेर पढाएको शिक्षाले गुणस्तर बृद्धि गर्न सकिदैन’ अध्यक्ष अधिकारीले भन्नुभयाे, ‘शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि प्राक्टिल, नैतिक र व्यवहारीक ज्ञान दिने खालको शिक्षा आवश्यकता छ, त्यो यो विद्यालयमा रहेको छ।’

परिवार, समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्ने क्षमता विद्यार्थीमा भएकोले विद्यार्थीले आफ्नो पढाईलाई प्रविधि र आयआर्जनको क्षेत्रसँग जोड्नु पर्ने उहाँको भनाई थियो ।

नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष मनकाजी गुरुङले निजी विद्यालयमा आएका विभिन्न चुनौतिका वावजुत पनि विद्यालयल अझै व्यवस्थित बनाउँदै लगेकोमा खुशी व्यक्त गर्नुभयाे ।

कार्यक्रममा २०८२ सालको स्पोर्ट मिट, तिज नृत्य प्रतियोगिता, अतिरिक्त क्रियाकलाप, २०८१ को शैक्षिक पुरस्कार एसइई २०८१ का विद्यार्थी पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Facebook Comments