७ खर्ब बढी बेरूजु, आ.व. २०८०/८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ थपियाे
सरकारकाे बेरूजु हरेक वर्ष बढ्दाे छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार आ.व. २०८०/८१ मा ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरूजु थपिएकाे छ ।

सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता एवं प्रक्रिया विना नै खर्च गर्ने प्रवृत्तिले बेरूजु बढेकाे हाे ।
प्रतिवेदनअनुसार राज्यको कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको छ । जसमा आर्थिक वर्ष २०८०/८१ को बेरुजु मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ छ ।
महालेखाकाे प्रतिवेदन अनुसार सम्बन्धित कर्मचारी र पदाधिकारीबाट असुल गर्नुपर्ने एक आर्थिक वर्षको बेरुजु ३० अर्ब १२ करोड रुपैयाँ छ ।
हरेक वर्ष लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने र सुझाव दिने गरेपनि सरकारले महालेखा कार्यालयकाे सुझाव नमान्दा बेरूजु थपिंदै गएकाे हाे ।
Facebook Comments

