एमाले केन्द्रीय कमिटी बैठकः मंसिर २७ मा महाधिवेशन, प्रतिनिधिसभा पुर्नस्थापनाका लागि आन्दाेलन
नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पाेखरामा गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयाे ।
केन्द्रीय कमिटीकाे बैठकमा अध्यक्ष ओलीकाे राजनीतिक प्रस्ताव हलबाट पारित भएको छ । प्रतिवेदन पारित गर्ने क्रममा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भने फरक मत राखेका छन् ।
अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको मुद्दा पार्टीले बढाउने एजेण्डा राखेकामा साेकाे विराेध गर्दै ज्ञवाली र शाक्यकाे फरक मत आएकाे हाे ।
चुनावमा भाग लिनुपर्ने मत राख्नेहरूकाे वेवास्ता गर्दै प्रतिनिधिसभा पुर्नस्थापनाका लागि आन्दाेलन गर्नुपर्नेमा ओलीकाे जाेड छ ।
Facebook Comments

