तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो
हाल देशैभर माैसममा कुनै उल्लेखनीय प्रणाली सक्रिय नरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेकाे छ । महाशाखाका अनुसार आज दिउँसो हाल देशभर मौसम मुख्यतया सफा रहने छ ।

आज राती कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
Facebook Comments

