टान गण्डकीद्वारा नेपाल पर्यटन बोर्डका नवनियुक्त निर्देशक लामिछानेलाई स्वागत
पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एशाेसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेकाे छ ।

लामिछानेसँगै बरिष्ठ अधिकृत युवराज गुरुङ र लेखा अधिकृत सागर श्रेष्ठलाई पनि टान गण्डकी साेमबार स्वागत गरेकाे हाे ।
स्वागत तथा परिचयात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक मणिराज लामिछानेले नेपाल पर्यटन बोर्ड टानसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा नयाँ योजनाहरू लागू गर्न प्रतिबद्ध रहेको बताउनुभयाे ।
उहाँले नेपाल पर्यटनको अपार सम्भावना बोकेको देश भएकाेले यसको सही व्यवस्थापन र दीर्घकालीन रणनीति विना दिगो पर्यटन सम्भव नभएकाे उल्लेख गर्नुभयाे ।
‘हामी टान लगायत सम्पूर्ण पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नयाँ पर्यटन गन्तव्यहरूको पहिचान, पदमार्गहरूको संरक्षण तथा सुधार, डिजिटल प्रवर्द्धन, र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि काम गर्नेछौं।’ उहाँले भन्नुभयाे-‘हामीलाई पर्यटन क्षेत्रका चुनौतीहरू राम्ररी थाहा छ, त्यसैले टान गण्डकीसहित सबै निकायसँग हातेमालो गर्दै काम गर्न प्रतिबद्ध छौं।’
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालमा पर्यटन प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयाे ।
निजी क्षेत्रको सक्रिय सहभागिता बिना पर्यटनको समृद्धि असम्भव बताउँदै उहाँले सरकारबाट पनि आवश्यक नीति र सहयोगकाे अपेक्षा गर्नुभयाे ।
टानका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले नेपाल पर्यटन प्रवर्द्धनको जिम्मेवारी केवल सरकारको मात्र नभएर निजी क्षेत्र, स्थानीय समुदाय, र पर्यटन व्यवसायीहरूको पनि रहेको उल्लेख गर्नुभयाे ।
उहाँले पर्यटन प्रवर्द्धन गर्न सरकार पर्यटकीय संघसंस्था, स्थानीय तह र सराेकारवाल निकाय सबैल योगदान गर्नुपर्ने बताउनुभयाे । टान गण्डकी सचिवालय लेकसाइडमा सम्पन्न कार्यक्रमकाे सञ्चालन टान गण्डकीका सह सचिव भुपेन्द्रकुमार लामाले गर्नुभएकाे थियाे । कार्यक्रममा टान गण्डकीका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।

