अराजक अभिव्यक्ति दिने दुर्गा प्रसाईं पक्राउ
मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंलाई गएराति पक्राउ गरेको हो ।
भक्तपुरस्थित प्रसाईंकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
हिंसा भड्किने अराजक गतिविधि गर्ने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेकाे प्रहरीकाे प्रष्टीकरण छ । पक्राउ परेका प्रसाईंकाे समूहले यही मंसिर ७ गतेदेखि बैंकबाट लिएको ऋण मिनाहा हुनुपर्ने लगायत विभिन्न माग राखेर देशव्यापी सडक आन्दोलन गर्ने बताएकाे थियाे ।
राष्ट्रिय, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानकाे संयाेजक समेत रहेका प्रसाईंकाे समूहले चुनावमा भाग लिनका लागि भन्दै दल समेत दर्ता गरेकाे छ ।
Facebook Comments

