युक्रेनका राष्ट्रपति जेलेन्स्की सहित युराेपेली नेता र अमेरिकी राष्ट्रपतिवीच भेटवार्ता

युद्ध अन्त्यका लागि युक्रेनी भूमी नछाड्ने जेलेन्स्कीकाे अडान, सूरक्षा ग्यारेन्टी हुनुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहित युराेपेली नेताहरूवीच भेटवार्ता भएकाे छ ।

युक्रेन र रूसवीच जारी युद्धका बिषयमा छलफल गर्न जेलेन्स्की सहितर युरोपका सात जना राष्ट्रप्रमुख अमेरिका पुगेका हुन् ।

तस्वीर एपी

ह्वाइट हाउसमा रसिया-युक्रेन युद्ध अन्त्य गर्नेबारे भएकाे छलफल सकारात्मक रहेका चर्चा गरिएकाे छ ।

यो छलफललगत्तै जेलेन्स्की र रसियाका राष्ट्रपति पुटिनबीच चाँडै नै द्विपक्षीय वार्ता हुने अपेक्षा गरिएकाे छ। त्यो वार्तापछि आफू संलग्न त्रिपक्षीय वार्ता हुने पनि ट्रम्पले उल्लेख गरेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनवीच अमेरिकाकाे अलास्कामा गत शनिबार भेटवार्ता भएकाे थियाे । साे भेटवार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सात जना युरोपेली नेताहरूवीच युद्ध अन्त्य गर्नेबारे छलफल भएकाे हाे ।

Facebook Comments