डोनाल्ड ट्रम्प राष्ट्रपतिकाे दाेस्राे कार्यकालका लागि सपथ लिंदै
अमेरिकामा राष्ट्रपतिकाे सपथग्रहण कार्यक्रम हुँदैछ । गत नाेभेम्भरमा सम्पन्न निर्वाचनमा विजयी डाेनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लाग्नुभउकाे हेा ।
ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिने कार्यतालिका छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउने बताइएकाे छ ।
शपथपछि ट्रम्पको भाषण हुनेछ तथा क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ । यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए । ट्रम्पको लागि कसले प्रस्तुति दिनेछ भन्ने स्पष्ट छैन ।
प्रस्तुतिपछि, ट्रम्पले क्यापिटल हिलको सेचुरी हलमा अमेरिकी सांसदहरूसँग खाजा खाने बताइएक्ाे छ ।
खाजामा दिइने खाना प्रायः राष्ट्रपति र उपराष्ट्रपतिको घरबाट आउँछ। त्यसपछि अमेरिकी क्यापिटलदेखि ह्वाइट हाउससम्म र्याली निकालिनेछ। जसको नेतृत्व राष्ट्रपति ट्रम्प आफैंले गर्नेछन् ।
राति, ट्रम्प आफ्ना नजिकका सहयोगीहरूसँग पार्टीमा भाग लिनेछन्, जुन न्यूयोर्क टाइम्सका अनुसार मेटा प्रमुख मार्क जुकरबर्गले आयोजना गर्नेछन्। जुकरबर्ग चुनावदेखि नै ट्रम्पसँगको सम्बन्ध सुधार्ने प्रयासमा छन् ।
सामान्यतया राष्ट्रपति शपथ लिनुअघि ह्वाइट हाउस आउँछन् र त्यहाँबाट शपथ ग्रहण समारोहमा जाने प्रचलन छ ।
तर २०१७ मा सपथ लिंदा भने ट्रम्प शपथपछि मात्रै ह्वाइट हाउस प्रवेश गर्नुभएकाे थियाे ।

