प्रधानमन्त्री कार्की राजनीतिक संवादमा
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक संवाद थालनी गर्नुहुने भएकाे छ ।
सरकार गठन भएकाे लामाे समयसम्म पनि दलहरूसँग संवाद हुन नसकेकाेमा आलोचना भएकाे थियाे । आज ७ वटा दलका नेताहरूसँग छलफल गर्ने तय भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
निर्वाचनबारे दलहरूसँग छलफल हुने बुझिएकाे छ ।
आज अपराह्न प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।
Facebook Comments

