माैसमः काेशी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।
महाशाखाले कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको जनाएकाे छ ।
त्यस्तै आज राती सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
Facebook Comments

