भाइटीकाः उत्तम साइत विहीबार ११ः३९ बजे

हिन्दु नेपालीहरू यतिबेला दाेस्राे ठूलाे चाड तिहार मनाउँदैछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ ।

बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएकाे छ ।

यस वर्ष शनिबार धन त्रयोदशी र धनतेरस परेको थियो भने आइतबार काग तिहार मनाइयो । सोमबार भने बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको छ ।

आज कार्तिक कृष्ण औंसी परेकाे छ । भाेली बुधबार गोवर्धन पूजा, गाईगोरु पूजा, म्हपूजा, हलि तिहार मनाइँदैछ ।

त्यस्तै बुधबारदेखि नै नेपाल सम्वत ११४६ समेत प्रारम्भ हुनेछ ।

Facebook Comments