नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीभवानीकाे पुजा गरिंदै

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिंदैछ ।

ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गर्ने चलन छ ।

विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ । भक्तजनहरूले ब्रह्मचारिणी देवीको आराधना गरेमा आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ ।

शास्त्रीय मान्यता अनुसार कुनै पनि प्रकारको बन्धन वा अनिष्ट नाशका लागि आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणी माताको पूजा गरी सख्खर चढाउने गरिन्छ । यस दिन गरिएको दानपुण्यले शुभफल प्राप्त हुने धार्मिक विश्वास छ ।

Facebook Comments