कुलमान प्रकरणमा तिललाई पहाड बनाइयाेः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पदमुक्त गरिएकाे बिषयलाई प्रतिपक्षी दलले तिलकाे पहाड बनाइएकाे बताउनुभएकाे छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार र जादुको रुपमा ब्याख्या गर्न खोजेको टिप्पणी समेत प्रधानमन्त्रीले गर्नुभयाे ।

कुलमानले लाेडसेडिङ मुक्त गरेकाे जस दिएकाे सन्दर्भमा प्रधानमन्त्रीकाे यस्ताे टिप्पणी आएकाे हाे ।
मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ लोकार्पण समारोहमा प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डले लोडसेडिङ आफूले हटाएको दावी गरेको भन्दै प्रमिथस बन्न खोजेको आरोप समेत लगाउनुभयाे ।

प्नधानमन्त्री ओलीले भन्नुभयाे , ‘उबेला पृथ्वीमा अन्धकार थियो, स्वर्ग उज्यालो थियो, चिसो थियो । पृथ्वीका मान्छेहरुलाई पनि उज्यालो चाहिन्छ भनेर देवताका भाइहरुमध्ये सबैभन्दा कान्छा प्रमिथसले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजार वर्ष ढुंगाको चेपमा कैद गरेर राखिएको थियो । ती मित्रले त्यस्तै गरेर ब्याख्या गर्नुभएछ । उहाँले प्रमिथसले जस्तै उज्यालो ल्याउनुभो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यहीँ काम गरेर पूरा गर्नुभएको थियो । त्यसबेला ल्याउनुभएको थियो कि । उहाँले नियुक्ती गर्नेवित्तिकै आगो बोकेर, बिजुली बोकेर, चिम बोकेर आउनुभयो कि ? बर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रुपमा, जादुको रुपमा व्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्न गर्नुभयाे ।

प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालनी सरकारले हितेन्द्रमान शाक्य कार्यकारी निर्देशकबाट अन्यत्र सरूवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरिएकाे थियाे ।

Facebook Comments