एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै
सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेकाे हाे ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।

सरकारले आ.व. ०८२८३ काे लागि बजेट तयारी गरिरहेकाले त्यसबारेमा समेत छलफल हुने बुझिएकाे छ । बजेट जेठ १५ मा ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । ल्याउने बजेटका सम्बन्धमा समेत बैठकमा छलफल हुने बुझिएकाे छ ।
त्यस्तै अध्यागमन विभागले भिजिट भिसामा असुली गरिरहेकाे सम्बन्धमा छलफल हुन सक्ने बताइएकाे छ ।
Facebook Comments

