माैसमः चार प्रदेशमा आंशिक बदली अन्यत्र सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।
त्यस्तै आज राती कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
Facebook Comments

