झापामा यात्रुवहाक बस दुर्घटना हुँदा १९ जना घाइते
झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकनजिकै मंगलबार बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
रामेछापको मन्थलीबाट झापाको काँकरभिट्टा गइरहेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई आज बिहान सडकबाट करिब १० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले दुर्घटनामा घाइते भएका १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको जानकारी दिनुभयाे । बसमा सवार छ जना यात्रु सकुशल रहेकाले आआफ्नो गन्तव्यतर्फ गएकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments

