एकीकरणपछि सुदुरपश्चिममा नेकपाकाे सन्देशसभा हुँदै
नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा शुक्रबारदेखि सुदुरपश्चिम प्रदेशबाट सुरू हुँदैछ ।

कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो।
सुदूरपश्चिम प्रदेश समितिकाे आयोजनामा कैलालीकाे धनगढीमा हुने सन्देश सभामा पार्टीका शीर्ष नेताहरूले सम्बाेधन गर्ने तय भएकाे छ ।
सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले सम्बाेधन गर्ने साे पार्टीले जनाएकाे छ ।
सातै प्रदेश ता पालिकाहरूमा समेत सन्देशसभाका कार्यक्रम साे पार्टीले तय गरेकाे छ ।

Facebook Comments

